चार जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा चार जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ७२ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना पुष्टि भएको छ । कोरोना देखिएका चार जनामा तीन जना बाँके र एक जना सुर्खेत जिल्लाका रहेका छन् ।
भेरी अस्पतालमा १६ जनाको जाँच गर्दा चार जनालाई कोरोना देखिएको हो । कोहलपुर मेडिकल कलेजमा ३७ र बागेश्वरी ल्याबमा १९ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन । जिल्लामा १७ जना सक्रिय संक्रमित रहदा दुई जना मध्यम विरामी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !