दुई जनालाई कोरोना

नेपालगञ्ज – बाँके र बर्दियाका एक-एक जनालाई कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके कोहलपुर र बर्दिया बाँसगढीका एक-एक जनालाई कोरोना पुष्टि भएको छ ।
बाँकेका दुई वटा ल्याबमा ४३ जनाको परीक्षण गर्दा दुई जनालाई कोरोना देखिएको हो । कोहलपुर मेडिकल कलेजमा २२ जनाको परीक्षण गर्दा दुई जनालाई कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा २१ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा सक्रिय संक्रमित दश जना रहेका छन् । तीन जना सिकिस्त र सात जना मध्यम विरामी छन् ।


error: यो सुविधा उपलब्ध छैन !