एक जनालाई कोरोना देखिएदा एक जना नै निको
नेपालगञ्ज – बाँकेमा कोरोना परीक्षण र पुष्टि हुने दर घटेको छ ।
दुई चरणको कोरोना महामारीमा हटस्पट बनेको बाँकेमा कोरोना संक्रमितको संख्या शून्यतिर झर्दै गएको छ ।
दैनिक हुने परीक्षणमा सानो संख्यालाई कोरोना देखिने गरेको छ । शनिबार ४६ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ४६ जनाको जाँच गर्दा नेपालगञ्जका एक जनालाई कोरोना पुष्टि भएको छ ।
कोहलपुर मेडिकल कलेजमा २५ जनाको जाँच गर्दा एक जनालाई कोरोना देखिएको हो । भेरी अस्पतालमा २१ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन ।
जिल्लामा शनिबार एक जना नै डिस्चार्ज भएका छन् ।