क्षेत्र नं. १ मा खत्री र केसीको चर्चा

नेपालगञ्ज – बाँकेमा हुन लागेको प्रतिनिधी सभा क्षेत्र निर्वाचनको माहोल यतिखेर बेस्सरी तात्तेको छ । यहाँका तीन वटै प्रतिनिधि सभा क्षेत्रमा बुधबार उम्मेदवार मनोनयन र बिहीबार मतदान हुँदैछ ।
बाँकेका तीन वटा प्रतिनिधि सभा क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर १ को निर्वाचनलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।
क्षेत्र नम्बर १ मा हालका सभापति माधवराम खत्री र पोषण केसीको चर्चा रहेको छ । क्षेत्रीय सभापति खत्रीले यसपटक ह्याट्रीक नै गर्ने चर्चा चलिरहदा केसीको उपस्थितिलाई चासोको साथ हेरिएको छ । ‘माधव दाईले यसपटक ह्याट्रीक गर्ने निश्चित भइसकेको छ, उहाँको पक्षमा माहोल यसरी तात्तिएको छ कि सबै कार्यकर्ताले यसपटक माधवरामलाई नै ल्याउनुपर्छ भनेर भनिरहेका छन्,’ युवा नेता यमबहादुर खड्काले भन्नुभयो ।
क्षेत्र नम्बर १ मा पार्टीको संगठन सुदृढिकरण, तल्लो तहसम्मका कार्यकर्तालाई सहजै चिन्ने, कार्यकर्ताका पीरमर्का बुझ्ने कुशल संगठनकर्ता भएकाले खत्रीलाई पुनः एक पटक क्षेत्रीय सभापतिमा निर्वाचित गराउन आम कार्यकर्ताले बुझ्ने कुरा भएको नेपाली कांग्रेसका नेता भानुभक्त भट्टराई बताउनु हुन्छ ।
‘माधवराम खत्री यस्तो नेता हो, जसले आफ्नो पुरै जिन्दगी राजनीतिमा खर्चियो, क्षेत्र नम्बर १ मा यस्तो त्यागी नेता पाउनु आम कांग्रेस कार्यकर्ताका लागि गर्वको कुरा हो, त्यसकारण यसपटक उहाँलाई क्षेत्रीय सभापतिमा जिताउनु नै कांग्रेसको भविष्य राम्रो हुनेछ,’ नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारुले भन्नुभयो ।
पत्रकारिताबाट राजनीतिमा छिरेका केसी पक्षको आफ्नै दावी रहेको छ । जिल्लाका आठ वटा पालिकामध्ये पाँच वटामा संस्थापन र तीन वटा संस्थापन इतर पक्षले चुनाव जितेका छन् । क्षेत्रीय प्रतिनिधिलाई प्रभावमा पार्न क्षेत्रीय सभापतिका आकांक्षीहरु लागि परेका छन् । क्षेत्र नं. १ मा दुवै पक्षले आफ्नो उम्मेदवार जित्ने दावी गरिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !