बाँकेमा बाहिरी जिल्लाका पाँच जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा ५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका ५ जना नै बाहिरी जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ६० जनाको जाँच गर्दा ५ जनामा कोरोना देखिएको छ । भेरी अस्पतालमा १३ जनाको जाँच गर्दा तीन जना र कोहलपुर मेडिकल कलेजमा ३२ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १५ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा मंगलबार कोही पनि संक्रमित थपिएनन् । न त कोही नै डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय संक्रमित २१ जना रहेका छन् । यहाँका अस्पतालमा चार जना सिकिस्त र ७ जना मध्यम खालका विरामी रहेका छन् । भेन्टिलेटरमा कोही छैनन् ।


error: यो सुविधा उपलब्ध छैन !