६६ जनाको जाँच गर्दा आठ जनामा कोरोना
नेपालगञ्ज – बाँकेमा ६६ जनाको परीक्षण गर्दा आठ जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा गरिएको परीक्षणमा आठ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ३५ जनाको जाँच गर्दा ६ जना, कोहलपुर मेडिकल कलेजमा १८ जनामा एक जना र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । कोरोना देखिएका आठ जनामध्ये बाँके जिल्ला निवासी तीन जना रहेका छन् ।
बाँकेमा सोमबार दुई जना डिस्चार्ज भएका छन् । जिल्लामा २१ जना सक्रिय संक्रमित रहेका छन् ।