कोरोना परीक्षण गर्ने घटे

नेपालगञ्ज – बाँकेमा कोरोना परीक्षण गर्ने घट्दै गएको छ । बिहीबार यहाँका दुई वटा ल्याबमा १९ जनाको कोरोना परीक्षण हुँदा एक जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कोहलपुर मेडिकल कलेजमा ११ जनाको परीक्षण गर्दा एकजनालाई कोरोना देखिएको हो । कोरोना देखिएका व्यक्ति बर्दियाका जिल्ला हुन् । बागेश्वरी ल्याबमा आठ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
जिल्लामा बिहीबार ५ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित ४५ जना रहेका छन् । कोरोना परीक्षण र संक्रमण घट्दै गइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !