दुई फरार अभियुक्त पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, लागु औषधी र बाल यौन दुरुपयोग मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिका वडा नं. १४, हवल्दारपुर बस्ने ३२ वर्षका राजकुमार चिडिमारलाई जिल्ला अदालतले लागु औषधी मुद्दामा दुई महिना सात दिन कैदको आदेश गरेको थियो । २०७७ माघ १४ गते अदालतबाट आदेश भएपनि उनी फरार रहेका थिए ।
त्यस्तै, कोहलपुर नगरपालिका वडा नं. १३, सिमरी बस्ने ३७ वर्षका छविलाल रासकोटीलाई प्रहरीले पक्राउ गरेको छ । छविलाललाई जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा तीन वर्ष कैद र तीन हजार जरिवानाकोे सजाय सुनाएको छ । जिल्ला अदालतको २०७७ माघ २८ गतेको आदेश पछि रासकोटी फरार रहेका थिए ।