६ जना थपिए, आठ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा ६ जनालाई कोरोना देखिएको छ ।
जिल्लाका तीन वटा ल्याबमा ४४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये ५ जना बाँके जिल्ला निवासी रहेका छन् ।
कोरोना देखिएका ६ जना नै कोहलपुर मेडिकल कलेजमा परीक्षण गरेका छन् । कोहलपुरमा १४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको थियो । भेरी अस्पतालमा ८ जना र बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । बाँकेमा आइतबार ८ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !