बाँकेमा २१ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा २१ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, जिल्लाका तीन वटा ल्याबमा ९० जनाको परीक्षण गर्दा २१ जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ४१ जनाको परीक्षण गर्दा १२ जना, कोहलपुर मेडिकल कलेजमा ३६ जनाको जाँच गर्दा ९ जनामा कोरोना पुष्टि भएको छ । बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएको छैन ।
कोरोना पुष्टि भएका २१ जनामध्ये १२ जना बाँके जिल्ला निवासी हुन् । मंंगलबारमा नौ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !