लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ
नेपालगञ्ज – लेनदेन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
लेनदेन मुद्दामा बाँके जिल्ला अदालतबाट ६ महिना कैद र तीन लाख पचास हजार जरिवाना तोकिएका बाँके जानकी गाउँपालिका तिलकराम अहिरलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७६ जेठ १५ गते अहिरविरुद्ध अदालतले आदेश गरेको थियो । प्रहरीले पक्राउ परेका अहिरलाई अदालतसमक्ष बुझाएको छ ।