१७ जना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा १७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ६ जना बाँके जिल्ला निवासी छन् भने अरु बाहिरका छन् ।
भेरी अस्पतालमा ५० जनाको परीक्षण गर्दा ११ जना, कोहलपुर मेडिकल कलेजमा ३२ जनामा चार जना र बागेश्वरी ल्याबमा १२ जनाको जाँच गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ । बाँकेमा ८४ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा बिहीबार सात जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !