एघार जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा आइतबार एघार जनालाई कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा चार जना र कोहलपुर मेडिकल कलेजमा २७ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको हो । बागेश्वरी ल्याबमा १७ जनाको परीक्षण गर्दा कोहीलाई पनि कोरोना देखिएन ।
कोरोना देखिएका एघार जनामध्येमा बाँके जिल्ला निवासी ५ जना रहेका छन् । बाँकेमा आइतबार ७ जना डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय संक्रमित ७२ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !