मन्त्री चौधरीलाई राप्तीसोनारीमा भब्य स्वागत

नेपालगञ्ज – लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीलाई बाँकेको राप्तीसोनारीमा भब्य स्वागत गरिएको छ ।
दाङबाट राप्तीसोनारीमा आएका मन्त्री चौधरीलाई गाउँपालिका अध्यक्ष लाहुराम थारुसहित कांग्रेसका नेता तथा कार्यकर्ताले कुसुमबाट नै स्वागत गरेका थिए । गाडी र मोटरसाइकलको लस्करसहित नाराजुलुश गर्दै कांगे्रसका नेता तथा कार्यकर्ताले मन्त्री चौधरीलाई स्कटिङ गरेका थिए ।


कुसुममा आयोजित छोटो कार्यक्रममा सहभागी भएर मन्त्री चौधरी भुवरभवानी मन्दिरको दर्शन गर्न पुग्नु भएको थियो । त्यसपछि अगैयामा नेपाली कांग्रेस, राप्तीसोनारीले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुनुभयो ।
सो अवसरमा मन्त्री चौधरीले आगामी निर्वाचनमा कांग्रेसले जित्ने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । कांग्रेसको वडा अधिवेशनहरु समेत शुरु भइरहेकाले प्रजातान्त्रिक तरिकाले अधिवेशनहरु गर्न आव्हान गर्नुभयो । उहाँले राप्तीसोनारीको समग्र विकासमा सहयोग हुने विश्वास दिलाउनु भयो ।
गाउँपालिकाका अध्यक्ष थारुले राप्तीसोनारीमा पर्यटकलगायत समग्र विकासका लागि बजेटको व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो ।


नेपाली कांग्रेस, राप्तीसोनारीका सभापति भीमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति फूलाराम थारु, सचिव तप्त पौडेल, क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्री, कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, महाधिवेशन सदस्य संगीता थारु, नेविसंघका जिल्ला अध्यक्ष पूर्ण आचार्यलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !