२ सय १८ लाई जाँच्दा ५१ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा बिहीबार ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा २ सय १८ जनाको परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको हो । कोरोना देखिएका ५१ जनामा ३५ जना बाँके निवासी रहेका छन् ।
भेरी अस्पतालमा एक सय ४१ जनाको परीक्षण गर्दा ४० जना, कोहलपुर मेडिकल कलेजमा ५९ जनामा ९ जना र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेले जानकारी दिएको छ ।
जिल्लामा एक सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । १५ जना सिकिस्त, २९ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबार १५ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !