बेचबिखनबारे यातायातकर्मीलाई अभिमुखीकरण

बर्दिया – माइती नेपाल, बर्दियाले बुधबार मानव बेचबिखन तथा ओसारपसारविरुद्ध यातायातकर्मीसँग अन्तरक्रिया अभिमुखीकरण गरेको छ ।
माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालले बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारण, दलालले अपनाउने तौर तरिका, संभावित स्थान, मानब बेचबिखनका प्रयोजन, कानुनी ब्यबस्था, यातायातकर्मीको भूमिकाको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले यातायातकर्मीले यात्रा गर्ने मानिसको बारेमा छिटै बुझ्ने भएको हुँदा उल्लेखित कुराहरुबारे ध्यान दिनु पर्ने बताउनुभयो ।
कृष्णसार यातायात व्यवसायी संघका निलप्रसाद रेग्मीले यातायातका साधनमा कोही संकास्पद ब्यक्ति यात्रा गरिरहेको लागेमा तुरुन्तै प्रहरी र माइती नेपाललाई जानकारी गराउन अनुरोध गर्नु भएको थियो । उहाँले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी यातायात ब्यबसायी संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !