भेरीमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बाँके कोहलपुर र कैलाली टीकापुरका रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कोहलपुर नगरपालिका वडा नं. ८ का ४३ वर्षीय पुुरुष र टीकापुर नगरपालिका वडा नं. ८ का ४५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ ।
कोहलपुरका ४३ वर्षीय पुरुषलाई साउन २१ गते भर्ना गरिएको थियो । भोलीपल्ट पीसीआर गरियो । उनको राती १.३० बजे मृत्यु भएको छ ।
टीकापुरका ४५ वर्षीया महिलाको साउन २० गते पीसीआर गरिएको थियो । उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको विहान ४ बजे मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट बाँके निवासी ३ सय २४ जना र बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय ८७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !