अर्को आदेश नभएसम्म निषेधाज्ञा निरन्तर

नेपालगञ्ज – बाँकेमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले साउन १० गतेसम्म जारी रहेको आदेशलाई अर्को सूचना नभएसम्मका लागि निरन्तरता दिइएको बताउनुभयो । उहाँले जिल्लामा कोरोना संक्रमण घट्दै गएको भएपनि जोखिम कायमै रहेको बताउनुभयो ।
स्थानीय प्रशासनले अहिलेसम्म निश्चित गते तोकेर निषेधाज्ञा लम्ब्याउदै आएको थियो । यसपाली भने अर्को आदेश नभएसम्मका लागि भनेर अनिश्चित गरेको छ । उसले पसल व्यवसाय विहान ६ देखि बेलुका सात बजेसम्म सञ्चालन गर्न पाउने जनाएको छ । स्थानीय प्रशासनले लामो र छोटो दुरीको सवारी साधन सञ्चालन गर्न अनुमति दिइसकेको छ ।
अहिले निरन्तरता दिइएको आदेश अनुसार शैक्षिक संस्थाहरु, सभा सम्मेलन, सिनेमा हल, फन पार्क, क्यासिनो, सांस्कृतिक कार्यक्रममाथि रोक लगाइएको छ ।
नेपालगञ्जमा बैशाख ९ गतेदेखि र जिल्लाभरी बैशाख १३ गतेदेखि लगाइएको निषेधाज्ञा जारी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !