कोरोना अपडेट : १६ जना थपिए, एकजनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा तीन सय ३५ जनाको परीक्षण गर्दा १६ जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये बाँके जिल्लाका ६ जना रहेका छन् ।
भेरी अस्पतालमा २ सय १४ जनाको परीक्षण गर्दा १५ जना, कोहलपुर मेडिकल कलेजमा ६७ जनाको परीक्षण गर्दा एकजनामा कोरोना देखिएको थियो । बागेश्वरी ल्याबमा ५४ जनाको परीक्षण गर्दा कोहीलाई पनि कोरोना पुष्टि भएन ।
बाँकेमा सक्रिय संक्रमित ३६ जना रहेका छन् । अस्पतालमा सिकिस्त विरामी १० जना, १२ जना मध्यम विरामी र तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । शुक्रबार १० जना डिस्चार्ज भएका छन् ।
यसैबीच, बाँकेमा एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ५८ वर्षीय पुरुषको विहान साढे सात बजे भेरी अस्पतालमा मृत्यु भएको हो । असार २३ गते पीसीआर गरिएका उनलाई ३० गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट ३ सय २२ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !