११ जनामा कोरोना पुष्टि

नेपालगञ्ज – बाँकेमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा १ सय १९ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएकामध्ये बाँकेका ९ जना रहेका छन् ।
भेरी अस्पतालमा ६० जनाको परीक्षण गर्दा ७ जना, कोहलपुर मेडिकल कलेजमा ३५ जनाको परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्याबमा २४ जनाको कोरोना जाँच गर्दा एक जनालाई कोरोना पुष्टि भएको हो ।
बाँकेमा ६७ जना सक्रिय संक्रमित रहेका छन् । यहाँका अस्पतालमा ७ जना सिकिस्त, १३ जना मध्यम र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !