७८ मा १४ जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा १४ जनालाई कोरोना पुष्टि भएको छ ।
यहाँका तीन वटा ल्याबमा ७८ जनाको जाँच गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ३३ जनाको जाँच गर्दा ९ जना, कोहलपुर मेडिकल कलेजमा ३५ जनामा तीन जना र बागेश्वरी ल्याबमा दश जनाको जाँच गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । १४ जनामध्ये बाँकेका ८ जना रहेका छन् ।
बाँकेका अूपतालहरुमा १२ जना सिकिस्त, २० जना मध्यम र तीन जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।