ब्राउनसुगरसहित शर्मा पक्राउ

नेपालगञ्ज – बर्दियामा ठूलो मात्रामा लागु औषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्यूरो, नेपालगञ्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दिया मधुवन नगरपालिका वडा नं. ९ को सिर्जनशील टोलबाट कमल शर्मालाई १० ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागु औषधीको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएपछि ब्यूरो र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सिर्जनशील टोलस्थित हुलाकी सडक खण्डमा शर्मालाई जाँच गर्दा ब्राउनसुगर बरामद भएको बर्दिया प्रहरीले बताएको छ । प्रहरीले शर्माविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
बाँके र बर्दिया सीमावर्ती जिल्ला भएकाले भारतबाट लागु औषधीको कारोबार हुने गरेको पाइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !