एक सय ७४ मा १७ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा एक सय ७४ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा १७ जनालाई कोरोना पुष्टि हुँदा बाँकेका नौ जना परेका छन् । अरु बाहिरी जिल्लाका रहेका छन् ।
भेरी अस्पतालमा एक सय एक जनाको जाँच गर्दा १४ जना, कोहलपुर मेडिकल कलेजमा ३० जनामा एक र बागेश्वरी ल्याबमा ४३ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । बाँकेमा सक्रिय संक्रमित ५५ जना रहेका छन् । यहाँका अस्पतालमा १२ जना सिकिस्त, २८ जना मध्यम र सात जना भेन्टिलेटरमा रहेका छन् । कोरोनाका लागि छुट्याइएको ३ सय ६१ बेडमा ८४ प्रतिशत खाली रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !