राप्तीसोनारीको एक सय २५ बुँदे नीति तथा कार्यक्रम

नेपालगञ्ज – ‘हाम्रो राप्तीसोनारी, राम्रो राप्तीसोनारी’ भन्ने नाराका साथ राप्तीसोनारी गाउँपालिकाले एक सय २५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले नवौ गाउँ सभा÷बजेट अधिवेशनमा सुन्दर, समृद्ध, आत्मनिर्भर गाउँपालिका बनाउने ध्यायका साथ पालिकाका बासिन्दाको सर्वोपरी हित समुन्नतिमा ध्यान दिदै एक सय २५ बुँदे नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
पालिकाले कोभिडबाट प्रभावित विकासलाई गति दिने, कोभिडको संक्रमण रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने, आइसोलेसन व्यवस्थित गर्ने, आधारभूत आवश्यकताको सहज आपूर्तिको व्यवस्था मिलाउदै रोजगारी गुमाएका तथा बेरोजगारलाई लक्षित गर्दै रोजगारीको अवसर बढाउने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई जनताको जीवनस्तरमा सुधार गर्ने नीति अघि सारेको छ ।
पालिकाले ‘आमासँग उपाध्यक्ष कार्यक्रम, विद्यालयमा मेरो एक दिन, टोलटोलमा कृषक समूह, गाउँगाउँमा सहकारी, खेती गरौं, भकारी भरौं, हाम्रो सडक, हाम्रै लगानी’जस्ता कार्यक्रम अघि सारेको छ ।
स्वास्थ्यमा लगानी, राप्तीसोनारीको सुनौलो विहानी, गुणस्तरीय र जीवनोपयोगी शिक्षामा लगानी, दक्ष शिक्षक नियमित विद्यार्थी, प्रभावकारी शिक्षण गुणस्तरीय सिकाई, सुधारौं बानी सरसफाईमा लगानी, आत्म अनुशासनको लागि खेलकुद, हाम्रा बालबालिका, राम्रा बालबालिका, राप्तीसोनारीको धन, वन र पर्यटनजस्ता नारालाई अघि सारिएको छ ।
बिहीबार नै उपाध्यक्ष धनीकुमारी खत्रीले आर्थिक वर्ष ०७८÷८९ का लागि ८२ करोड ३४ लाख ९१ हजार ३ सय ५१ रुपैयाको बजेट सार्वजनिक गर्नुभयो । बजेटमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चालुतर्फ ५९ करोड ८३ लाख ५० हजार नौ सय र पूँजीगततर्फ २२ करोड ५१ लाख ४० हजार ४ सय ५१ रुपैया विनियोजन गरिएको छ ।
गाउँ सभा÷बजेट अधिवेशनमा वडाध्यक्षहरुले आ–आफ्ना विचार राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, लेखा अधिकृत गौरव लामिछानेलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !