हिमालयन बैंकद्वारा भेरी अस्पताललाई नगद सहयोग

नेपालगञ्ज – हिमालयन बैंक लिमिटेड, नेपालगञ्ज शाखाले भेरी अस्पताल, नेपालगञ्जलाई कोरोना संक्रमण प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री खरीद गर्नका लागि नगद १ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त आर्थिक सहयोग वापतको चेक रकम हिमालयन बैंक लिमिटेड, नेपालगञ्ज शाखाका शाखा प्रवन्धक शैलेन्द्रमान श्रेष्ठले भेरी अस्पताल नेपालगञ्जका निमित्त प्रमुख डा. खग्रेन्द्रजंग शाहलाई हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा भेरी अञ्चल अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठको पनि उपस्थिति थियो ।
हिमालयन बैंक लिमिटेड, नेपालगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भेरी अस्पताल, नेपालगञ्जलाई कोभिड –१९ महामारी विरुद्धको लडाईमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा कोरोनाबाट संक्रमित विरामीलाई आवश्यक पर्ने सामाग्री खरीद गर्नका लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको शाखा प्रवन्धक श्रेष्ठले बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !