३६ जनालाई कोरोना पुष्टि हुँदा बाँकेका एकजना परे
नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा शुक्रबार ३६ जनालाई कोरोना पुष्टि भएको छ । अधिकांश बर्दिया जिल्लाका रहेका छन् । कोरोना पुष्टि भएकोमध्येमा बाँकेका एकजना रहेका छन् ।
भेरी अस्पतालमा ७२ जनाको जाँच गर्दा ३४ जना, कोहलपुर मेडिकल कलेजमा ३८ जनामा एकजना र बागेश्वरी ल्याबमा १५ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्लामा भइरहेको पछिल्लो परीक्षणमा कोरोना संक्रमण घट्दै गइरहेको छ । बाँकेमा हाल ९३ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालहरुमा ७६ जना रहेका छन् । त्यसमा बाँकेका १३ जना रहेका छन् । जिल्ला कोभिड फोकलपर्सन तेजबहादुर वलीका अनुसार, २९ जना सिकिस्त, ४५ जना मध्यम र ६ जना भेन्टिलेटरमा रहेका छन् । शुक्रबार २७ जना डिस्चार्ज भएका छन् ।