अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री वितरण
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले अपांगता भएका ब्यक्तिलाई शुक्रबार सहायक सामग्री वितरण गरेको छ ।
उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ वटा ट्राई साइकल, २ वटा वाकर, ४ वटा ह्विल चेयर, एउटा बैशाखी र १२ वटा सेतो छटी सहयोग गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा अपांग सशक्तिकरण तथा संचार केन्द्रको सहजीकरणमा नेपालगञ्ज नगर स्तरीय अपांगता सञ्जालले गरेको सो कार्यक्रममा अपांगता परिचय पत्र व्यवस्थापनका लागि डिजिटलाइजेसन प्रिन्टर मेसिन र कार्ड समेत उपलब्ध गराइएको छ ।
सञ्जालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, राष्ट्रिय अपांग महासंघका केन्द्रीय सचिव भावुकजंग थापा, प्रदेश अध्यक्ष देबीदत्त आचार्य लगायतको सहभागिता थियो ।