बाँकेका पत्रकारलाई दुई लाखको दुर्घटना बीमा

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँके शाखाले पत्रकारलाई दुई लाखको दुर्घटना बीमा गर्ने निर्णय गरेको छ ।
महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पत्रकारको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पु¥याउने उद्देश्यले सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशील रहेका अन्य पत्रकारका लागि समेत दुई लाखको दुर्घटनामा बीमा गर्ने निर्णय गरेको सचिव कमल डाँगीले बताउनुभयो ।
महासंघले छुटेका पत्रकारलाई कोरोनाविरुद्धको खोप चाडो भन्दा चाडो व्यवस्था गरिदिन अनुरोध गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !