४० जनामा कोरोना पुष्टि
नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा बुधबार ४० जना कोरोना संक्रमित पुष्टि भएको छ ।
भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबमा एक सय ६८ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको हो । त्यसमा बाँकेका सात जना रहेका छन् ।
भेरीमा ७२ जनाको जाँच गर्दा ३० जना, कोहलपुरमा ५२ मा ५ जना र बागेश्वरी ल्याबमा ४४ जनाको जाँच गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेमा कोरोना संक्रमण दर घट्दै गइरहेको छ । अहिले यहाँका अस्पतालहरुमा ३५ जना सिकिस्त, ४७ जना मध्यम र ६ जना भेन्टिलेटरमा रहेका छन् । अस्पतालहरुले छुट्याएको बेड खाली हुँदै गएको छ । बुधबार ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।