स्टीम बोइलर मेसिन पड्किदा खुशीरामको मृत्यु

नेपालगञ्ज – बाँकेको पार्वतीपुरमा रहेको प्लाइउड उद्योगमा बोइल मेसिन पड्किदा एकजना मजदुरको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाइ बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेका स्टीम बोइलर मेसिन पड्किदा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ९ का खुशीराम थारुको मृत्यु भएको हो ।
आइतबार विहान ५ बजेर ५ मिनेटमा घटना भएको थियो । इलाका प्रहरी कार्यालय, कोहलपुरले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !