बाँकेमा कोरोनाबाट पाँच जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया, दाङ, सल्यान, बैतडीका संक्रमितको मृत्यु भएको हो ।
बैतडी पडचौडी नगरपालिका वडा नं. ८ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १५ गते पीसीआर गरिएका उनलाई २५ गते भेरीमा भर्ना गरिएको थियो । बर्दिया राजापुर नगरपालिका वडा नं. १ का ४९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ ९ गते पीसीआर गरिएका उनलाई १० गते भर्ना गरिएको थियो ।
सल्यान कालिमाटी गाउँपालिका वडा नं. २ का ४६ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । बाँके बैजनाथ गाउँपालिका वडा नं. ५ का ६७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो । दाङ लमही नगरपालिका वडा नं. १ का ३२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ २० गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट तीन सय सात जना र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउदा तीन सय ३७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !