मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार, नेपालगञ्जदेखि कोहलपुरतर्फ जादै गरेको ज ९ प ५०१८ नम्बरको मोटरसाइकलले मनिकापुरमा पैदलयात्री बर्सादी नाउको मृत्यु भएको हो ।
गएराती साढे नौ बजेतिर भएको दुर्घटनामा नाउको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !