कोरोनाबाट बाँके र दाङका तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । मृतक बाँके र दाङ जिल्लाका छन् ।
दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ का ४२ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १० गते भर्ना भएकी उनको ११ गते पीसीआर गरिएको थियो । दाङ राजपुर गाउँपालिका वडा नं. १ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ २२ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो ।
बाँके खजुरा गाउँपालिका वडा नं. ३ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १८ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट ३ सय ६ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा ३ सय ३० जनाको मृत्यु भएको छ ।
बाहिरी जिल्लाको मृतकमा दाङ जिल्लाका बढी देखिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !