बर्दिया र दाङका तीन जनाको बाँकेमा मृत्यु

नेपालगञ्ज – बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दिया र दाङका तीन जनाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
दाङ लमही नगरपालिका वडा नं. ५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ २४ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
दाङ राजपुर गाउँपालिका वडा नं. ५ का ५३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १९ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ७ का ६५ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । जेठ १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय २७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !