कोरोना परीक्षण गर्ने घटे

नेपालगञ्ज – बाँकेमा कोरोना परीक्षण गर्ने घटेका छन् । परीक्षण भएकामध्ये पनि संक्रमितको संख्या कम देखिएको छ ।
जिल्लाका तीन ठाउँमा कोरोना परीक्षण हुन्छ । बिहीबार एक सय ७६ जनाले कोरोना परीक्षण गरेका छन् । त्यसमा २७ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकोमा बाँके जिल्लाका ५ जना रहेका छन् ।
भेरी अस्पतालमा ६४ जनाको परीक्षण गरिएकोमा १५ जना, कोहलपुर मेडिकल कलेजमा ६१ जनाको जाँच गर्दा ५ जना र बागेश्वरी ल्याबमा ५१ जनाको परीक्षण गर्दा २७ जनालाई कोरोना पुष्टि भएको छ ।
अस्पताल र ल्याबमा गएर परीक्षण गर्नेहरु सामान्य लक्षण चिन्ह देखिएका हुन्छन् । संक्रमितको सम्पर्कमा आएका केहीले परीक्षण गर्छन् । जिल्लामा केही दिन यता परीक्षण नै कम भइरहेको छ भने त्यसमा पनि पोजिटिभ देखिने कम रहेका छन् । बाँकेमा परीक्षण गरिएपनि धेरै मानिस बाहिरी जिल्लाका हुने गर्दछन् ।
यसैबीच, बिहीबार १९ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !