बाहिरी जिल्लाका मृतक तीन सय पुगे

नेपालगञ्ज – बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । सोही गाउँपालिकाका वडा नं. ३ का ५५ वर्षीय पुरुषको भेरीमै मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । दैलेख आठविस नगरपालिका वडा नं. ४ का ३० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १३ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । सल्यान कालीमाटी गाउँपालिका वडा नं. १ का ३७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १५ गते पीसीआर गरिएका उनलाई १७ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !