३० प्रतिशतमा झ¥यो भेरीको संक्रमण दर

नेपालगञ्ज – भेरी अस्पतालमा कोरोना पोजिटिभ दर ३० प्रतिशतमा झरेको छ ।
जेठको पहिलो साता ७५ प्रतिशतसम्म रहेको पोजिटिभ दर अहिले ३० प्रतिशतमा झरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालमा पीसीआर गर्न आउने पनि घटेका छन् । कुनै समयमा ५ सय ५० जनाले पीसीआर गर्ने भेरीमा अहिले सय आसपासले पीसीआर गरिरहेका छन् । भेरीको दुई सय बेडमध्येमा ३३ बेड खाली रहेको छ ।
परीक्षणको नतिजा हेर्दा बाँके र आसपासका जिल्लामा कोभिडको संक्रमण पहिचानको संख्या र संक्रमणता अनुपात घट्दो देखिएको छ ।
भेरीको इन्डोरमा भर्ना हुने संख्या पनि बिस्तारै घट्दै गएको छ । बैशाखाको तेस्रो हप्ता औसत दैनिक ४० जनासम्म बिरामी भर्ना भएकोमा हाल त्यो संख्या दश भन्दा कम भएको छ । यो संख्या दोस्रो लहरको कोभिड संक्रमण शुरु हुने बेलाकै हाराहारी हो । यसका बाबजुद भेरी अस्पतालमा उपचाररत बिरामीहरुको संख्यामा भने खासै ठूलो अन्तर आएको छैन । अधिकांश बिरामी लामो समयदेखि भर्ना भइ उपचाररत नै रहेका छन् । अस्पतालमा अहिले १ सय ५७ जना उपचाररत छन् । जसमा मध्यम समस्याका १ सय २०, आइसीयूमा २८ र भेन्टिलेटरमा ९ जना छन् ।
गत बैशाख १ देखि एक हजार एक सय ९ जना भर्ना भइ उपचार गराएकोमा ९ सय ५२ निको भएका छन् । जुन ७१.२ प्रतिशत हुन आउँछ ।


error: यो सुविधा उपलब्ध छैन !