जन्मदिनमा कोभिड रोकथाममा सहयोग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोभिड रोकथाम र नियन्त्रणको अभियानमा सहयोग गर्दै जन्मदिन मनाउनु भएको छ ।
उपप्रमुख थापा मगरले जन्मदिनको अवसर पारेर कोभिड रोकथाम र नियन्त्रणको अभियानमा क्रियाशील चार वटा संघ संस्थालाई बुधबार सहयोग गर्नुभएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखालाई उपप्रमुख मगरले एम्बुलेन्स खरिदका लागि पाँच हजार एक सय रुपैया सहयोग गर्नुभएको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
भेरी अस्पतालमा २० रुपैयामा विरामी र कुरुवालाई खाना खुवाइरहेको अञ्जनी माता रसोइमा उपप्रमुख मगरले पाँच हजार एक सय रुपैया सहयोग गर्नुभयो । रसोईका व्यवस्थापक जितेन्द्र ठाकुरलाई मगरले रकम हस्तान्तरण गर्नुभयो ।
लायन्स क्लव अफ नेपालगञ्ज पञ्चशीलले सञ्चालन गरेको खाद्य बैंकलाई उपप्रमुख मगरले पाँच हजार एक सय रुपैया सहयोग गर्नुभयो । संस्थाका अध्यक्ष भावना सापकोटा र कोषाध्यक्ष केवलकुमार वैश्यलाई हस्तान्तरण गर्नुभयो ।
जन्मदिन कै अवसर पारेर उपप्रमुख मगरले बागेश्वरी असल शासन क्लवद्वारा सञ्चालित मास्क बैंकका लागि पाँच हजार एक सय रुपैया अध्यक्ष रमेश सिटौलालाई हस्तान्तरण गर्नुभएको छ । गत वर्षदेखि कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिदैं आउनुभएका उपप्रमुख मगरले यसवर्ष आप्mनो जन्म दिनको अवसर पारेर कोभिड रोकथाम र नियन्त्रणको अभियानमा सक्रिय संघ संस्थालाई थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !