बाँकेमा थप १२ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १२ जनामध्येमा सात जना बाँकेका रहेका छन् । भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको छ ।
सल्यान कालीपाटी गाउँपालिका वडा नं. २ का ३४ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख ३० गते भर्ना भएका उनको ३१ गते पीसीआर गरिएको थियो । कैलाली घोडाघोडी नगरपालिका वडा नं. १० का ४० वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ३ गते भर्ना गरिएका उनको ४ गते पीसीआर गरिएको थियो ।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ का ५५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का ६३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख ३० गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।
खजुरा गाउँपालिका वडा नं. ७ का ४८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १५ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो । कैलाली लम्की चुहा नगरपालिका वडा नं. ३ का ६७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का ३३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. ३ का ६७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो ।
सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ का ४४ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २२ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का ५५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ३ गते पीसीआर गरिएका उनलाई ४ गते भर्ना गरिएको थियो ।
बैजनाथ गाउँपालिका वडा नं. ६ का २५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २३ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो । बैजनाथ गाउँपालिका वडा नं. ४ का ४३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १८ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट २ सय ६७ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा २ सय २२ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !