आठ जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका आठ जनाको बाँकेको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका वडा नं. ५ का २८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २७ गते भर्ना भएका उनलाई २८ गते भर्ना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. ३ का ८५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ ३ गते एन्टिजेन जाँच गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो ।
बर्दिया बाँसगढी नगरपालिका वडा नं. ४ का ४२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का ६५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ८ का ४५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २९ गते पीसीआर गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो ।
कैलाली घोडाघोडी नगरपालिका वडा नं. ४ का ४५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ४ गते भर्ना गरिएको थियो । बर्दिया गुलरिया नगरपालिका वडा नं. ४ का ६१ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई ३ गते भर्ना गरिएको थियो । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का ५४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट दुई सय ५६ जनाको मृत्यु भएको छ । बाँकेमा उपचार गराउन आउदा बाहिरी जिल्लाका २ सय १४ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !