वाटर बैंकलाई सय पेटी पानी

नेपालगञ्ज – सूचना र मानवअधिकार अनुसन्धान केन्द्र र नेपालगञ्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्रको संयुक्त सहयोगमा वाटर बैंकलाई एक सय पेटी पानी उपलब्ध गराइएको छ । कारकादोस्थित वाटर बैंकका ललित रौनियारलाई पानी हस्तान्तरण गरिएको हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत पानी सहयोग गरिएको अधिवक्ता विश्वजीत तिवारीले बताउनुभयो । कोभिड संक्रमणको महामारीमा स्वच्छ खानेपानीको व्यवस्थापनका लागि नेपालगञ्जमा वाटर बैंक सञ्चालनमा रहेको छ ।
कार्यक्रममा विश्वजीत तिवारी, बलबहादुर चन्द, ओमनारायण शाह, नेपालगञ्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्रका अध्यक्ष धर्मवीर कहारलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !