रातभरीमा चार जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा रातभरीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु बाँके, बर्दिया र दाङ जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, गएराती पौने आठदेखि आज विहान साढे चार बजेसम्ममा चार जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ६२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख ७ गते पीसीआर गरिएका उनलाई ८ गते भर्ना गरिएको थियो । उनको राती पौने आठ बजे मृत्यु भएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो । उनको राती ८.३० बजे मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका वडा नं. ७ का ६५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख ८ गते पीसीआर गरिएका उनलाई जेठ २ गते भर्ना गरिएको थियो । उनको राती ९.१५ बजे मृत्यु भएको छ ।
खजुरा गाउँपालिका वडा नं. २ का ८५ वर्षी पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको विहान ४.३० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट २ सय ४२ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय ९८ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !