दिनभरीमा चार जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप चार जनाको कोरोनाबाट मृत्यु भएको छ ।
विहान दशदेखि अपरान्ह साढे पाँच बजेसम्ममा चार जनाको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ का ५० वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
बैशाख २० गते पीसीआर गरेका महिला त्यही दिन भर्ना भएकी थिइन् । उनको बुधबार विहान दश बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।
बैशाख १५ गते पीसीआर गरेका उनलाई १७ गते भर्ना गरिएको थियो । उनको दिउँसो २ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का ४२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २० गते पीसीआर गरेका उनलाई २१ गते भर्ना गरिएको थियो । उनको अपरान्ह चार बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ६२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १५ गते पीसीआर गरेका महिलालाई १७ गते भर्ना गरिएको थियो । उनको अपरान्ह साढे पाँच बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ४८ पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय २६ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !