४५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – मेडिकल कलेज, कोहलपुरमा ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।
बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन भर्ना भएकी कोहलपुर नगरपालिका वडा नं. ५ की महिलाको आज विहान ७ बजे मृत्यु भएको हो ।
बाँकेमा योसँगै कोरोनाबाट ८७ जनाको मृत्यु भएको छ ।
यसैबीच, बाँकेमा सोमबार एक सय २५ जना डिस्चार्ज भएका छन् । सात वर्षीया बालिकादेखि ७३ वर्षीया बृद्धले कोरोनालाई जितेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !