भेरीमा थपिए २ सय ४ जना

नेपालगञ्ज – नेपालगञ्जमा बिहीबार विहानै २ सय ४ जना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जले ३ सय ५० जनाको पीसीआर जाँच गर्दा २ सय ४ जनालाई कोरोना पुष्टि भएको हो ।
दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगञ्जमा लकडाउन गरिएको छ । अत्यावश्यक कामबाहेक हिड्डुल बन्द गरिएको छ । लकडाउनले गर्दा नेपालगञ्जका बजार पूर्णरुपमा बन्द छन् ।
भारतबाट आउने नेपालीलाई नाकाबाट नगरबसले बसपार्कमा ल्याउने र त्यहाँबाट सम्बन्धित गन्तब्यतिर पठाउने गरिएको छ ।
भारतको दिल्ली, मुम्बई, गुजरातमा कोरोना अत्याधिक बढेपछि त्यहाँ रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दैनिक ५ हजार नेपाली घर फर्किरहेको बताए ।
यसैबीच, नेपालगञ्ज मेडिकल कलेजमा नेपालगञ्ज–१७ का ८६ वर्षीय महिलाको मृत्यु भएको छ । बैशाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते पोजिटिभ रिपोर्ट आएको थियो । उनको आज विहान २.१५ बजे मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !