भारतबाट तीनसहित २४ जनामा कोरोना

नेपालगञ्ज – भारतबाट आएका तीन जनामा कोरोना पुष्टि भएको छ ।
भारतबाट गुजरातबाट आएका बाँके, बर्दिया र दैलेख जिल्लाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भारतबाट आएका बारबर्दिया–७ का २५ वर्षीय पुरुष, बाँके बैजनाथ–३ का २७ वर्षीय पुरुष र दैलेख नगरपालिका वडा नं. ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएकाहरुलाई भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ । योसँगै भारतबाट आएका नौ जनामा कोरोना पुष्टि भइसकेको छ ।
यता, भेरी अस्पताल, नेपालगञ्जमा आज गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौविस घण्टामा ६१ जनाको कोरोना जाँच गरिएकोमा २१ जनालाई कोरोना देखिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !