परियोजना सल्लाहकार समितिसँग अन्तरक्रिया

बर्दिया – माइती नेपाल, बर्दियाले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध परियोजना सल्लाहकार समितिसँग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको क्रियाकलापहरुको समीक्षा गर्दै थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने कुरामा जोड दिइएको छ ।
गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीले माइती नेपालले गर्दै आएको कार्यक्रमहरु सकारात्मक एवं प्रभावकारी रहेको बताउनुभयो । उहाँले बर्दियाका थप नाकाहरुमा निगरानी गर्नुपर्ने र त्यसका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापामगरले मानव बेचबिखन रोकथामका लागि धेरै भन्दा धेरै जनचेतनामूलक गतिविधि गर्नुपर्ने बताउनुभयो ।
माइती नेपाल, बर्दियाकी संयोजक गायत्री रिमालले सहजीकरण गरेको कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत मुकुन्द अर्यालले उद्धार र पुनस्र्थापनाका क्षेत्रहरु विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !