कुकुरको बन्ध्याकरण
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न शुरु गरेको छ ।
नेपालगञ्जको रामलिला मैदानस्थित नारी विकास केन्द्रमा चैत्र १८ गतेसम्म सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन हुँदैछ ।
नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख लक्ष्मी चन्द शाहीका अनुसार, एनिमल नेपालसँगको सहकार्यमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । हालसम्म ९३ सामुदायिक कुकुरहरुको बन्ध्याकरण भइसकेको छ । एनिमल नेपालले शहरका विभिन्न ठाउँबाट कुकुरहरु जम्मा गरेर शिविरमा ल्याई बन्ध्याकरण गर्दै आएको छ ।