जनमतको नियमित रक्तदान

नेपालगञ्ज – नेपालगञ्जबाट प्रकाशित हुने जनमत अर्धसाप्ताहिकले १५ वर्षदेखि नियमित रक्तदान गर्दै आएको छ । उसले अहिलेसम्म दुई हजार पाँच सय प्वाइन्ट रगत जम्मा गरिसकेको छ ।
पत्रिकाको रजत जयन्तीको अवसरमा २०६३ बैशाख २९ गते रक्तदान कार्यक्रमको शुरुवात गरिएको थियो । त्यसपछि हरेक तीन÷तीन महिनामा रक्तदान भइरहेको छ ।
ग्लोबल बचत तथा ऋण सहकारीको सहयोगमा मंगलबार भएको ४८ औं श्रृंखलाको उद्घाटन गर्दै पत्रिकाका सम्पादक पूर्णलाल चूकेले रगत अभावमा छट्पटाएका व्यक्तिलाई सम्झिएर नियमित रक्तदान गरिरहेको बताउनुभयो । उहाँले शुरुमा नियमित गर्ने सोच नभएपनि रगत अभावमा मानिसहरुको छट्पटाएको देखेपछि नियमित रक्तदान गर्दै आएको बताउनुभयो ।
एघार वर्षसम्म पत्रिकाले सहयोगी बिना नै रक्तदान गर्दै आएको थियो । त्यसपछि विभिन्न सहयोगी हातहरु जोडिन आइपुगेका छन् ।
‘एक प्वाइन्ट रगत दिएर केही फरक पर्दैन, त्यसले अर्काको ज्यान बचाउन भने ठूलो सहयोग गर्छ, सम्पादक चूकेले भन्नुभयो, रगत नै जीवन दान हो भन्ने भावनाले हामीले निरन्तर रक्तदान गर्दै आइरहेका छौं ।’
जनमतले नियमित रक्तदान गर्ने भएकाले कतिपय उसका नियमित रक्तदान सम्पर्कमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !