बाँकेमा १३ जना कोरोना संक्रमित
नेपालगञ्ज – कोरोनाको ‘हट स्पट’ नै बनेको बाँकेमा अब १३ जना संक्रमित निको हुन बाँकी रहेका छन् ।
कोरोना शून्यतिर अघि बढेको बाँकेमा ५ जना अस्पताल र ८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, भेरी अस्पतालमा ५ जना, कोहलपुरमा तीन जना, नेपालगञ्ज र बैजनाथमा एक÷एकजना होम आइसोलेसनमा रहेका छन् ।
बाहिरी जिल्लाका ५ जनाको बाँकेमा उपचार भइरहेको छ । बाँकेमा चार हजार ६ सय ६१ जना संक्रमित हुँदा ५४ जनाको मृत्यु भएको छ ।